प्रदेश २ मा असन्तुष्ट रहेका मन्त्री विजय यादवले आजदेखि सम्हाले मन्त्रालय

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले दुईजना मन्त्रीको जिम्मेवारी हेरफेर गरेपछि असन्तुष्ट बनेका विजय यादवले आजदेखि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको कार्यभार सम्हालेका छन् ।

मन्त्री यादवले आजदेखि आफूले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको रुपमा काम गर्ने बताए ।

मुख्यमन्त्री राउतले गत १४ भदौमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहलाई अर्थ र अर्थमन्त्री विजय यादवलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिएका थिए ।

साहले अर्थ मन्त्रालयको जिम्मेवारी पाउनासाथ कार्यभार सम्हालेका थिए भने यादव असन्तुष्टि जनाउँदै अनकनाएर बसेका थिए ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्