जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य महेन्द्र थापा मगर पार्टी परित्याग गरी नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।
स्याङ्जा घर भएका थापाले अब आफू एकीकृत समाजवादीमा काम गर्ने सामाजिक सञ्जालबाट बताएका छन् ।
जसपाको गत भदौ १ र २ गते काठमाडौँमा आयोजना गरिएको केन्द्रीय समितिको बैठकमा थापा पनि सहभागी भएका थिए ।
तर सोही बेला जसपा परित्याग गर्ने केही नेताहरुले रिपोर्टस क्लबमा कार्यक्रम गरी जारी गरेको पार्टी परित्याग गर्नेहरुको सूचीमा उनको नाम पनि थियो ।
‘त्यो लिस्टमा तपाईंको पनि नाम छ, कुरा के हो भनेर सोध्दा उहाँ केही बोल्नुभएन,’ जसपाका एकजना केन्द्रीय सदस्यले भने ।
थापाले जसपाभित्र कार्यकारिणी सदस्य बनाउन माग गरेका थिए । पार्टीले आफ्नाे माग सम्बाेधन नगरेपछि उनी असन्तुष्ट रहँदै आएका थिए ।