प्रदेश २ मा जसपाका ५५ सांसदमध्ये १० जनाले राेजे लाेसपा

प्रदेश २ मा जनता समाजवादी पार्टीका १० जना सांसदहरुले महन्थ ठाकुर नेतृत्वकाे लाेकतान्त्रिक समाजवादी पार्टी राेजेका छन् ।

प्रदेश २ मा जसपाका ५५ जना सांसद रहेकाेमा १० जनाले लाेसपा राेजेका हुन् ।

लाेसपा राेज्ने सांसदहरुमा सुरिता साह, जयनुल राइन, बबिता चौधरी, निलम देवी भूमिहारिन, अलका झा, गौरीनरायाण साह, जानकीशरण साह, परमेश्वर साह, रमेशप्रसाद कुर्मी र बाबुलाल साह छन् ।

उनीहरुले बुधबार प्रदेश निर्वाचन कार्यालयमा गएर लोसपाकाे पक्षमा सनाखत गरेका हुन् ।

प्रदेश २ मा पूर्व समाजवादी पार्टीका ३० र पूर्व राष्ट्रिय जनता पार्टीका २५ गरी ५५ जना प्रदेशसभा सदस्यहरु थिए । जसमध्ये हाल पूर्व समाजवादी पार्टीका उपमाकुमारी देव उपसभामुख छिन् भने पूर्व राजपाका सरोजकुमार यादव सभामुख छन् ।

सभामुख र उपसभामुखले हाल पार्टी रोज्न पाउने व्यवस्था छैन ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्