‘देशको प्रतिष्ठा भन्दा ५६ अर्ब ठुलो पैसा हैन’ : जसपा नेता खतिवडा

जनता समाजवादी पार्टीका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले अमेरिकन परियोजना एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेसन) नेपालले अस्वीकार गर्नुपर्ने बताएका छन् ।

एमसीसी सम्झौता सुधार गरी लिन सकिने सम्भावना छन् भने लिन सकिने तर सुधार हुन्न भने नेपालले विनम्रपूर्वक अस्वीकार गर्नुपर्ने उनको भनाइ छ ।

जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसहित उनी पक्षका केही नेताहरु नै एमसीसीको अनुदान लिनुपर्ने पक्षमा देखिएका बेला खतिवडाले भने देशको प्रतिष्ठा र भावी सम्बन्ध भन्दा एमसीसीको ५६ अर्ब रुपैयाँ ठुलो नभएको बताए ।

‘एमसीसी लामो समय अनिर्णित राखेर देशमा अनावश्यक शंका र ध्रुवीकरण सिर्जना गर्नु उचित हैन । ५६ अर्ब कुनै ठुलो पैसा हैन । प्रश्न देशको विश्वप्रतिष्ठा, विश्वसनीयता र भावी सम्बन्धको हो,’ फेसबुकमा उनले लेखेका छन्, ‘करिब १९ खर्ब ऋणमा फसेको देशले अनुदान लिने हो कि नलिने नीतिगत प्रश्न हो । सम्झौता सुधारका सम्भावना छन् भने गर्दा भयो, छैनन् भने जिम्मेवार निकायले प्रष्ट पर्दा भयो ।’

उनले एमसीसीबारे सम्झौता संसदमा पेस गरेर जनताले बुझ्ने गरी पारदर्शी बहस गर्नुपर्ने बताए । उनले एमसीसीकै मुद्दामा वर्षौसम्म अल्झेर बस्न नहुने बताए ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्