पर्साका व्यवसायी माओवादी केन्द्रमा प्रवेश

होटल व्यवसायी संघ पर्साका महासचिव तबरेज आलम, वरिष्ठ उपाध्यक्ष विद्यालाल साह, उपाध्यक्ष छविलाल उप्रेती, कोषाध्यक्ष दलबहादुर किङरिङ र सदस्य कनहिया अग्रवाल बुधवार माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबिर र माला लगाई उनीहरुलाई पार्टीमा स्वागत गरेका छन् ।

ललितपुरकाे खुमलटारस्थित अध्यक्ष प्रचण्ड निवासमा एक कार्यक्रमकाबीच उनीहरु पार्टी प्रवेश गरेका छन् ।

साे अवसरमा पार्टीका स्थायी समिति सदस्य देवेन्द्र पौडेल, केन्द्रीय सदस्य तथा पर्सा जिल्ला इन्चार्ज उर्मिला अर्याल, प्रदेश सदस्य तथा जिल्ला संयोजक विजय महतो, प्रदेश सदस्यहरु रामदरश कुशवाह, बालेश्वर थारु, वीरगंज महानगर पालिकाका इन्चार्ज रहबर अन्सारी, जिल्ला सदस्यहरु सगिर अलाम, प्रभाकर गुप्ता लगायतका माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरुको समेत उपस्थिति रहेकाे थियो ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्