बामदेवले त्यागे एमाले

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी परित्याग गरेका छन् ।

एमालेकाे पहिलाे वरियताकाे उपाध्यक्ष रहेका गौतमले शुक्रबार साँझ थापाथलीस्थित एमाले केन्द्रीय कार्यालय पुगेर एमालेकाे सबै पदबाट राजीनामा दिएका हुन् ।

गाैतमले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङलाई राजीनामा बुझाएका हुन् ।

गौतमका सञ्चार सहयोगी विश्वमणि सुवेदीले गौतमले पार्टी कार्यालयमा राजीनामा बुझाएको बताएका छन् ।

गाैतमहले हाल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग संवाद बढाएका छन् ।

उनले एकीकृत समाजवादीले जनताको बहुदलीय जनवाद (जबज)लाई मार्गदर्शक सिद्धान्त माने साे पार्टीमा रहेर काम गर्ने बताएका छन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्