नागरिक ऐक्यबद्धतासहित माइतीघरमा एमसीसीविरुद्ध प्रदर्शन हुने

नेपालका लागि नेपाली अभियानको नेतृत्वमा मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) विरुद्ध काठमाडौंको माइतीघर मण्डलामा बृहत् प्रदर्शन हुने भएको छ ।

नेकपा माले, नेकपा क्रान्तिकारी वैद्य, नेकपा विप्लव लगायत विभिन्न संघसंगठनहरुले भोलि बुधवार दिउँसो १ बजे एमसीसीविरुद्ध प्रदर्शन गर्ने नेपालका लागि नेपाली अभियानका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र भण्डारीले जानकारी दिए ।

‘एमसीसी राष्ट्रघाती सम्झौता हो । अन्तर्राष्ट्रिय सम्झौताको कानुन हेर्दा यो सन्धीमा नै पर्दैन । संसदबाट पास गराउनुपर्छ भनेर सम्झौतामा लेखिएको पनि छैन । पास गराउन लागिएको छ । संवैधानिक सर्वोच्चतालाई पनि निष्तेज पारिएको छ । अदालतको क्षेत्राधिकारलाई पनि निष्तेज पारेको छ,’ वरिष्ठ अधिवक्ता समेत रहेका भण्डारीले भने, ‘अन्तर्राष्ट्रिय कानुनका विभिन्न दृष्टिकोणले गलत रहेका कारणले र राष्ट्रघाती भएकाले त्यसको विरुद्धमा नागरिक ऐक्यबद्धतासहहित प्रदर्शन हुन लागेको हो ।’

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्