ताप्लेजुङमा २१ जनप्रतिनिधिले एकीकृत समाजवादी रोजे

दिलकुमार लिम्बु/न्युज कारखाना

ताप्लेजुङमा जिल्ला समन्वय समिति उपप्रमुखसहित स्थानीय तहका २१ जना जनप्रतिनिधिले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) रोजेका छन् ।

नयाँ दल रोज्नलाई दिइएको समयसीमाको अन्तिम दिन मंगलबार सम्ममा २१ जना जनप्रतिनिधिले एमाले छोडेर एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन् ।

जिल्ला निर्वाचन कार्यालयमा उपस्थित भएर जिल्ला समन्वय समिति उपप्रमुख देवीमाया नेपाली, मेरिङ्देन गाउँपालिका उपाध्यक्ष कल्पना तुम्बाहाम्फे र आठराई त्रिबेणी गाउँपालिका उपाध्यक्ष मञ्जु भट्टराई पौडेलले एकीकृत समाजवादीमा सनाखत गरेका छन् ।

यस्तै, मेरिङ्देन गाउँपलिका–६ नाल्बुका वडाध्यक्ष ठाकुरसिंह लिम्बू, सोही गाउँपालिका वडा नं. ३ खाम्लुङका वडाध्यक्ष गणेशप्रसाद भण्डारी, मैवाखोला गाउँपालिका–२ ढुङ्गेसाँघुका वडाध्यक्ष सुरेन्द्र लिम्बू, आठराई त्रिवेणी गाउँपालिका–४ चाँगेका डम्बरबहादुर लिम्बू र फुङ्लिङ नगरपालिका–२ का वडाध्यक्ष मोहन न्यौपानेले एकीकृत समाजवादीमा सनाखत गरे ।

उनीहरुबाहेक एकीकृत समाजवादी रोज्नेमा एकजना जिल्ला समन्वय समिति सदस्य छन् भने चारजना नगर तथा गाउँ कार्यपालिका सदस्य र बाँकी वडा सदस्य छन् ।

नौ पालिका र ६१ वडा रहेको जिल्लामा २०७४ सालमा निर्वाचित स्थानीय तहका ३२१ जनप्रतिनिधिमध्ये पाँच मेयर/अध्यक्ष र पाँच उपाध्यक्षसहित १७३ जना एमालेका छन् ।

त्यसैगरी जिल्ला समन्वय समितिमा प्रमुख, उपप्रमुखसहित सबै पदमा एमालेबाटै निर्वाचित भएका थिए ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्