ढुक्क हुनुहाेस् एमसीसी पास हुँदैन : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकालाई एमसीसीबारे कूटनीतिक नोट पठाए पनि अहिलेसम्म जवाफ नआएको र एमसीसी पास नहुने बताएका छन् ।

मंगलबार पार्टीको योङ कम्युनिष्ट लिग नेपाल (वाईसीएल)को केन्द्रीय समिति बैठकमा बोल्दै उनले अहिलेसम्म एमसीसीबारे जवाफ नआएको र पास नहुने बताए ।

उनले भने, ‘एमसीसीबारे हामीले अमेरिकालाई कुटनीतिक नोट पठाएका छौं । तर त्यसको जवाफ अहिलेसम्म आएको छैन । जवाफ नआएपछि एमसीसी पास हुने कुरा हुँदैन ।’

उनले सबैलाई राष्ट्रघाती कदममा माओवादी कदापि अघि नबढ्ने पनि बताए । उनले भने, ‘तपाईंहरु ढुक्क हुनुहाेस् राष्ट्र र राष्ट्रियतामाथि प्रश्न उठ्ने कुरामा माओवादी केन्द्रले सहमति जनाउँदैन ।’

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्