जसपा बुटवल उपमहानगर–४ मा समिति गठन

जनता समाजवादी पार्टीको बुटवल उपमहानगरपालिका वडा नं ४ मा इन्द्र थापा मगरको अध्यक्षतामा १३ सदस्यीय वडासमिति गठन गरिएको छ ।

समितिको उपाध्यक्षमा कमल थापा र गोपाल मगर, सचिवमा मुना गुरुङ, सहसचिवमा ढाका पुन र कोषाध्यक्षमा बसन्त थापा मगर चयन भएका छन् ।

सदस्यहरुमा सरोज पौडेल, सुर्य पुन, मकर खान, तेजबहादुर राना, दिपक थापा, चमेरी बुढा मगर र राजेश भलामी मगर छन् ।

वामदेव भुसालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा जसपा केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका सहइन्चार्ज नवीनकुमार सुनुवार, प्रदेश अध्यक्ष अशोककुमार यादव, प्रदेश सदस्य तथा पाल्ला जिल्लाकी सहइन्चार्ज हरिकला थापा लगायत अतिथि थिए ।

सो क्रममा सहइन्चार्ज सुनुवारले समानुपातिक समावेशी चरित्र भएको जनता समाजवादी पार्टीमा संगठति हुन सके मात्र देशमा पहिचानसहितको संघीयता स्थापित गर्न सकिने बताए ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्