खाेटाङकाे दशवटै पालिकामा यी हुन् माओवादी केन्द्रका इन्चार्ज तथा अध्यक्ष

नेकपा (माओवादी केन्द्र)ले खोटाङका १० वटै स्थानीय तहमा इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव तोकेको छ ।

२२ र २३ भदौमा सम्पन्न माओवादी केन्द्रको जिल्ला कमिटीको विस्तारित बैठकले जिल्लाका सबै तहमा इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिवको टुंगो लगाएको हो ।

माओवादी केन्द्रले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको इन्चार्जमा सुरेश राई, सहइन्चार्जमा विनोद आचार्य, जयप्रकाश राई, सन्तोष राई, माधव राई, विकास राई र बलराम राईलाई चयन गरेको छ । यस्तै, नगर कमिटी अध्यक्षमा बिसन राई र सचिवमा युगसन किरात चयन भएका छन् ।

यस्तै, हलेसी तुवाचुङ नगरपालिकाको इन्चार्जमा जीवन राई ‘संगीन’, सहइन्चार्जमा हस्तबहादुर राई ‘आमोद’ र चइन्द्र राई ‘आक्रोश’, अध्यक्षमा राजुविक्रम चाम्लिङ र सचिवमा कुमार बुढाथोकी चयन भएका छन् ।

ऐँसेलुखर्क गाउँपालिकामा श्रीबहादुर राईलाई इन्चार्ज, सृमबहादुर राईलाई सहइन्चार्ज, अगमसिंह राईलाई अध्यक्ष र रमेश राजभण्डारीलाई सचिवको जिम्मेवारी दिइएको छ ।

रावाबेँसी गाउँपालिकामा भूमि अधिकारीले इन्चार्ज, लीला श्रेष्ठ ‘सविन’ र रामबहादुर राईले सहइचार्ज, राजन मगरले अध्यक्ष र सीता कटुवालले सचिवको जिम्मेवारी पाएका छन् ।

यस्तै, केपिलासगढी गाउँपालिकाको इन्चार्जमा रश्मि रसाइली, सहइन्चार्जमा रुद्र राई, अध्यक्षमा साङ्गे शेर्पा र सचिवमा जिज्ञासा चुनिएका छन् ।

दिप्रुङ चुइचुम्मा गाउँपालिकामा दीपक पाण्डे ‘आकाश’ले इन्चार्ज, कल्पना चाम्लिङ, अजम्बर राई, लक्ष्मीकुमार राई र मेरु राईले सहइन्चार्ज, राजेन्द्र राईले अध्यक्ष र दीपक पौडेलले सचिवको जिम्मेवारी पाएका छन् ।

खोटेहाङ गाउँपालिकामा उदिम राई ‘मुक्ति’ इन्चार्ज, इन्द्र नाराथुङ्गे सहइन्चार्ज, दीपेन थुलुङ अध्यक्ष र धनबहादुर महाराजी सचिव बनाइएका छन् ।

बराहपोखरी गाउँपालिकामा निशाना राई इन्चार्ज, दुर्गाबहादुर राई सहइन्चार्ज, युवराज मगर अध्यक्ष र ताराकान्त राई सचिव बनेका छन् भने जन्तेढुंगा गाउँपालिकामा अरुणा राईले इन्चार्ज, वीरबल किराती र केदार राईले सहइन्चार्ज, बद्री राईले अध्यक्ष र विकास भट्टराईले सचिवको जिम्मेवारी पाएका छन् ।

यस्तै, साकेला गाउँपालिका इन्चार्जमा अर्जुनकुमार खड्का ‘झंकार’, सहइन्चार्जमा बिर्सिका राई, अध्यक्षमा नवीन राई र सचिवमा मोहन खत्री चयन भएकाे माओवादी केन्द्रले जनाएको छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्