एमसिसी उपाध्यक्ष सुमार, प्रम देउवा र जसपा अध्यक्ष भट्टराईकाे पुत्ला दहन

अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)को विरोधमा युवाहरुले काठमाडाैँकाे कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा प्रधानमन्त्री शेरबहादुर देउवा, एमसिसी उपाध्यक्ष फातिमा सुमार र जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईकाे पुत्ला जलाएका छन् ।

संसदबाट एमसिसी पारित गर्नका लागि लबिङ गर्ने उद्देश्यले उपाध्यक्ष सुमार हाल नेपाल भ्रमणमा रहेकै बेला आज युवाहरुले देउवा, सुमार र भट्टराईकाे पुत्ला जलाएका हुन् ।

हिजाे नेपाल आएकी सुमार हाल राजनीतिक भेटवार्तामा व्यस्त छिन् ।

उनले नेकपा एमालेका अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, उपेन्द्र यादवसँग भेट गरिसकेकी छन् ।

कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवा र जसपा अध्यक्ष भट्टराई एमसिसीकाे पक्षमा लागेकाे बताइएकाे छ ।

२०६८ सालमा भट्टराई प्रधानमन्त्री भएकै बेला सुरु भएकाे एमसिसीकाे प्रकृयालाई २०७४ सालमा देउवा प्रधानमन्त्री भएकाे बेला अन्तिम रुप दिइएकाे थियाे ।

जनताकाे तहबाट भने एमसिसीकाे व्यापक विराेध भइरहेकाे छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्