प्रदेश २ का मन्त्रीलाई कोरोनाले छुँदैन ?

प्रदेश सरकारको निर्णयलाई प्रादेशिक मन्त्रीहरू नै अटेर गर्दै आएका छन । प्रदेश २ को मन्त्रिपरिषदको बैठकले आइतबार ‘नो मास्क नो सर्भिस’को नीति ल्याएको थियो । तर, त्यो नीतिलाई भने प्रदेशका मन्त्रीहरूले नै उल्लंघन गर्न थालेका छन् ।

प्रदेश २ सरकार कोरोनाभाइरस माहामारीविरुद्धको सचेतना अभियान अन्तर्गत ‘नो मास्क नो सर्भिस’ अभियान सञ्चालनमा ल्याएको थियो । मुख्यमन्त्री निवास मधेश भवनमा सम्पन्न प्रादेशिक कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले उक्त निर्णय गरेको हो ।

कोभिड १९ को संक्रमितहरूको संख्यामा कमि आएलगतै सर्वसाधारणले मास्कको प्रयोगमा हेलचेक्राइँ गर्न थालेपछि प्रदेश सरकारले सरकारी कार्यालयहरूमा उक्त अभियान चलाउने निर्णय गरेको थियो ।

सरकार मास्क प्रयोगमा सर्वसाधारणलाई सचेत गराउन सञ्चारमाध्यमहरूमार्फत सूचना प्रसारण तथा प्रकाशन गराउने निर्णयसमेत गरेको थियो । तर, अहिले प्रदेश २ का मन्त्रीहरूले नै खुलेआम मास्क लगाउन छाडेका छन् ।

मन्त्रीहरू नै बिना मास्क लगाएर सार्वजनिक कार्यक्रममा उपस्थिति हुन थालेका छन् । सोमबार जनता अभाव कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी भौतिक पूर्वाधार विकास मन्त्री राम सरोज यादवले कार्यक्रम अवधिभर नै मास्क लगाएका थिएनन् । त्यसैगरी, कार्यक्रममा सहभागी अधिकांश व्यक्तिहरू मास्क लगाएका थिएनन् ।

त्यसैग्ी, सोही दिन अर्थमन्त्री शैलेन्द्रप्रसाद साहलाई बधाई दिन खानेपानी मन्त्री ओमप्रकाश शर्मा पुगेका थिए । तर, दुवै जनाले मास्क लगाएका थिएनन् । यसरी मन्त्रीहरू नै सार्वजनिक कार्यक्रममाहरू मास्क लगाउन छाडेका छन् ।

प्रदेशसभा सदस्य शिवचन्द्र चौधरीले मास्क नलगाउनु मुर्खताबाहेक अरु केही नभएको बताए । उनले कोरोना संक्रमण नियन्त्रण तथा रोकथाम अभियानमा मन्त्रीहरू पनि गम्भीर बन्नुपर्ने बताए ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्