आगामी निर्वाचनमा माओवादीलाई पहिलो पार्टी हुनबाट कसैले रोक्न सक्दैनः प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनबाट माओवादीलाई पहिलो पार्टी हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् ।

माओवादी मुख्यालय पेरिसडाँडामा बुधबार बिहान आयोजित स्वर्गीय नेता पोष्टबहादुर बोगटीकाे ७औं स्मृति दिवसमा आयोजित कार्यक्रममा प्रचण्डले अहिले कसैले नपत्याए पनि माओवादी पहिलो पार्टी हुने दाबी गरे ।

‘हामीले जनयुद्ध सुरु गर्दा पनि कसैले पत्याएका थिएनन्, शान्ति प्रक्रियामा आएपछि पनि पहिलो पार्टी हुन्छ भनेर कसैले पत्याएका थिएनन्,’ उनले भने, ‘जनतालाई प्रचण्डलाई देखियो, एक पटक छुन पाए हुन्थ्यो भन्ने थियो, तर विपक्षीहरुले बन्दुक देखाएर दुई/चार सिट ल्याउँछ भन्थे ।’

उनले पहिलो संविधानसभामा माओवादीको पक्षमा जनलहर आएको सम्झदै अब पनि त्यस्तै माहोल ल्याउन पार्टी पुनर्गठन र रुपान्तरणको अभियान सुरु भएकाे बताए ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img
spot_img

याे पनि पढ्नुस्