माओवादी केन्द्र उदयपुरका तल्लाे कमिटीमा जिम्मेवारी हेरफेर

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र उदयपुरमा तल्लाे तहमा जिम्मेवारी हेरफेर गरेको छ ।

उदयपुरमा क्षेत्रीय संयाेजक ताेकिएका छन् भने चार/चार नगरपालिका र गाउँपालिकामा प्रदेश १ कमिटीले जिम्मेवारी हेरेफेर गरेको हो ।

प्रदेश कमिटी अध्यक्ष सुरेशकुमार राई ‘हिमाल’ को अध्यक्षतामा बसेको बैठकले उदयपुर-१ निर्वाचन क्षेत्रको संयोजकमा यदू ढकाल र २ मा जीवन कार्कीलाई संयाेजक ताेकेकाे छ ।प्रदेशसभा १ ‘क’ मा रमण भट्टराई र ‘ख’मा सम्झना तामाङलाई संयाेजक बनाइएकाे छ ।

बेलका नगरपालिकाको इन्चार्जमा राकेश किराँती, सहइन्चार्जमा बुईवश्वरी राई, अध्यक्षमा मनोज तामाङ र सचिवमा भरत घिमिरे चयन भएका छन् ।

चौदण्डीगढी नगरपालिकाको इन्चार्जमा सन्तोष सुवेदी, सहइन्चार्जमा कुमार खड्का र देवनारायण चौधरी, अध्यक्षमा गोविन्द्र श्रेष्ठ र सचिवमा रमेश वि चुनिएका छन् ।

त्रियुगा नगरपालिकाको इन्चार्जमा विमल किराँती, सहइन्चार्जमा केदार दनुवार, रुद्र अधिकारी र गंगा खड्का, अध्यक्षमा नरबहादुर कार्की र सचिवमा गीता खड्का कार्की चयन भए । कटारी नगरपालिकाको इन्चार्जमा हेम दाहाल, सहइन्चार्जमा भगवती खनाल र किसुनलाल दनुवार चयन हुँदा अध्यक्ष मनिलाल दाहाल र सचिव बासु कटुवाल छानिएका छन् ।

त्यसैगरी, ताप्ली गाउँपालिकाको इन्चार्जमा ढुंगराज विक, सहइन्चार्जमा प्रेम राई, अध्यक्षमा गुरुप्रसाद पोखरेललाई जिम्मेवारी तोकिएको छ ।

लिम्चुङबुङ गाउँपालिकाको इन्चार्जमा कृष्ण निरौला, सहइन्चार्जमा दीपेन्द्र दनुवार चयन भएका छन् भने अध्यक्षमा होम किराँतीलाई तोकिएको छ ।

उदयपुरगढी गाउँपालिकाको इन्चार्ज निर्मला मगर बनेकी छन् । सहइन्चार्जमा धिरेन्द्र मगर र समीक्षा मगर चयन भएका छन् । अध्यक्षमा देव गिरी चयन हुँदा भुवन केप्छाकी मगर सचिव बनेका छन् ।

रौतामाई गाउँपालिकाको इन्चार्जमा एबिराज राई, सहइन्चार्जमा समीक्षा मगर, अध्यक्षमा ईश्वर राना मगर र सचिवमा भरत दाहाललाई जिम्मेवारी दिइएकाे छ । न्युज कारखाना

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्