एक साताभित्र सरकारले पूर्णता पाउँछ : माधव नेपाल

सत्तारुढ गठबन्धन आवद्ध दल नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले एक साताभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन् ।

शुक्रबार नेकपा (एस)को केन्द्रीय पार्टी कार्यालय उद्घाटन गर्दै उनले एक साताभित्र मन्त्रिरिषद्लाई पूर्णता दिने गरी छलफल भइरहेको बताएका हुन् ।  संघदेखि सातै प्रदेशमा नेकपा (एस) सत्तारुढ दलको रूपमा रहने उनको भनाइ छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएको दुई महिता बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । जस कारण सत्तारुढ दलहरूको आलोचना भइरहेको छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img
spot_img

याे पनि पढ्नुस्