एमाले होइन, बा पार्टी राख्नुहोस् : मन्त्री थापा

नेकपा एमाले बाको दल भएको कर्णाली प्रदेशका भौतिक पूर्वाधारमन्त्री अमर थापाले बताए । नेकपा (एकीकृत समाजवादी)को जाजरकोट भेलालाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन् ।

पुँजीवादमा रूपान्तरण भएपछि एमाले अब जनताको दल नभएको समेत उनले आरोप लगाए । संघीयता र धर्मनिपेक्षता चाहिँदैन भन्ने केपी ओली संघीयताविरोधी रहेको उनको भनाइ थियो ।

भ्रष्टाचारमा चुर्लुम्म डुबेको व्यक्ति नेकपा एमाले पार्टीसँग आवद्ध भएमा पुरस्कृत हुने गरेको उनले बताए ।

नेकपा एमाले नामभन्दा बा माथि भएकाले एमालेलाई बा पार्टी नाम राख्न भन्दै उनले व्यंग्य पनि गरे ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्