Thursday, June 1, 2023

पहिचान सुनिश्चित नभएसम्म संविधानको समर्थन गर्ने छैनौं : अध्यक्ष राई [भिडियाे]

किरात राई यायोक्खाका अध्यक्ष दिवस राईले जबसम्म संविधानले आदिवासी जनजातिहरुले खोजेको पहिचान सुनिश्चित गर्दैन तबसम्म संविधानलाई समर्थन नगर्ने बताएका छन् ।

आइतबार संविधान दिवसका दिन (असोज ३) बृहत् नागरिक आन्दोलनले काठमाडौंमा आयोजना गरेको ‘संविधान संशोधन दबाब सभा’मा अध्यक्ष राईले सो कुरा बताएका हुन् ।

उनले भने, ‘हामीले पहिचान खोजेका छौं । पहिचान जबसम्म सुनिश्चित हुँदैन, यो संविधानलाई तबसम्म हामीले समर्थन गरेका हुँदैनौं । अब यसलाई संशोधनमार्फत आदिवासी जनजातिहरुले खोजेको पहिचानलाई सुनिश्चित गर्नुपर्छ ।’

विभिन्न क्षेत्रका परिचित व्यक्तिहरु तथा सामाजिक संस्थाका अगुवाहरु सहभागी भएको उक्त कार्यक्रममा काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म ‘संविधान संशोधन मार्च पास’ गरिएको थियो ।

सहभागीहरुले ‘असोज ३ कालो दिन’, ‘संविधानको धारा २७४ र अनुसुची ४ खारेज गर’, ‘अल्पसंख्यकको अधिकार खोई ?’ लगायत लेखिएका प्लेकार्डहरु बोकेका थिए ।

दबाब सभाको अन्त्यमा केही युवाहरुले विरोधस्वरुप नाराबाजी गर्दै संविधान जलाएका थिए ।

1 COMMENT

  1. एमाले भएर भनेको भए पताईन्थौं । हाम्रो समुदायको नुनको सोझो गरे ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्