गठवन्धन फुटाउन अनेक षड्यन्त्र भइरहेका छन् : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाँच दलीय सत्ता गठवन्धन फुटाउन अनेक षड्यन्त्र भइरहेको बताएका छन् ।

बिहीबार काभ्रेको पाँच खालमा आयोजित वाइसिएलको भेलालाई सम्बोधन गर्दै उनले हिजोकाे सत्ता गठवन्धनको बैठकमा पनि यस विषयमा समीक्षा भएको बताए ।

तर, सत्ता गठवन्धनको बैठकमा जस्तोसुकै मूल्य चुकाएर वा त्याग गरेर भए पनि गठवन्धनलाई कमजोर हुन नदिने संकल्प गरिएको उनले बताए ।

साे क्रममा उनले अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना ल्याएर गठवन्धनलाई तोड्ने षड्यन्त्र भइरहेको बताएका थिए ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्