खोटाङको केपिलासगढी गाउँपालिका वडा नं ३ बासपानीमा एमाले, कांग्रेस र माओवादी परित्याग गरी दुई दर्जन कार्यकर्ता जनता समाजवादी पार्टी (जसपा)मा प्रवेश गरेका छन् ।
जसपाको ‘संगठन सुदृढीकरण तथा जनजागरण अभियान (सुज अभियान)’को क्रममै एमाले, कांग्रेस र माओवादीबाट गरी २३ जना पार्टीमा प्रवेश गरेको जसपा खोटाङ जिल्ला समितिका प्रचार विभाग प्रमुख रविन खम्बुले बताए ।
उनीहरुलाई जिल्ला अध्यक्ष टंक थापा, उपाध्यक्ष पिके खम्बु, सचिवालय सदस्य तथा प्रचार विभाग प्रमुख रविन खम्बु र विद्यार्थी नेता कृष्ण गिरीले खादा ओढाएर स्वागत गरेका थिए ।
हिजो असाेज १० गते आयोजना गरिएको उक्त कार्यक्रममा माइतीराज राईको अध्यक्षतामा १९ सदस्यीय खोक्मा टोल समिति समेत गठन गरिएको थियो ।
