Saturday, April 1, 2023

लाेसपाका नेता राजकुमार लेखी एमालेमा प्रवेश गर्ने

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीका कार्यकारिणी सदस्य राजकुमार लेखी नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् ।

नेपाल आदिवासी जनजाति महासंघका पूर्वमहासचिव समेत रहेका लेखीले लोसपाबाट राजीनामा दिएका छन् ।

लेखीले बिहीबार लोसपाका अध्यक्ष ठाकुरलाई बुझाएको राजीनामा पत्रमा भनिएको छ, ‘अब नयाँ राजनीतिक यात्राको थालनी गर्ने निर्णय गरेको हुँदा पार्टीको सबै पदबाट राजीनामा दिएको छु ।’

जनता समाजवादी पार्टीबाट महन्थ ठाकुर र राजेन्द्र महतो अलग हुँदा लेखी ठाकुर समूहमा लागेका थिए ।

एमाले अध्यक्ष केपी ओलीलाई पहिचानविरोधी भन्ने ठाकुर हाल ओली नेतृत्वको पार्टीमा नै लाग्ने तयारी गरेका हुन् ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्