नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीलाई देशकै एक नम्बर पार्टी बनाउने दाबी गरेका छन् ।

शनिबार ललितपुरमा आयोजित पार्टीकाे कार्यक्रममा अध्यक्ष दाहालले देश र संविधानको रक्षाका लागि माओवादी केन्द्र नै पहिलो पार्टी बनेर देशको नेतृत्व गर्नुपर्ने बताए ।

उनले भने, ‘देश दुर्घटनामा जाने स्थिति छ, माओवादी केन्द्र बाहेक अरुको विकल्प नै छैन, हामी फेरि एक नम्बरको पार्टी हुन्छौं ।’

साे क्रममा उनले अबकाे चुनावमा नेकपा एमालेको प्रतिवाद नगरी जित्न नसकिने समेत बताए ।

एमालेकाे प्रतिवाद गरेर अघि बढ्न पार्टीका नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिँदै उनले भने, ‘केपीको हातमा नेतृत्व छ र उनले फेरि एकचोटि माओवादीलाई सखाप गर्ने रणनीति लिएका छन् । उनले डेढ वर्षभित्र हामी सरकारमा जान्छौं भनेका छन् । देशैभर एमालेसँग प्रतिवाद नगरी चुनाव जितिदैन । यी जाली फटाहाहरुले अहिले हामीलाई हेप्न खोजेका छन् ।’

Please enter your comment!
Please enter your name here