संघीय लिम्बुवान मञ्चकाे मोरङ जिल्ला अध्यक्षमा जिवन खेवा लिम्बू निर्वाचित

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चअन्तर्गत संघीय लिम्बुवान मञ्चको मोरङ जिल्ला समितिको अध्यक्षमा जिवन खेवा लिम्बू निर्वाचित भएका छन् ।

शनिबार माेरङकाे लेटाङमा सम्पन्न पाँचौं जिल्ला अधिवेशनबाट लिम्बूको नेतृत्वमा ३५ सदस्यीय जिल्ला समिति गठन गरिएको हो ।

अधिवेशनबाट समितिको वरिष्ठ उपाध्यक्षमा विशाल तिरुवा, उपाध्यक्षहरुमा रामकुमारी लिम्बू, राजकुमार खुदाङ र शेरबहादुर तुम्बाहाङ्फे, सचिवमा वरुण लाबुङ र मिक्सन मिभक निर्वाचित भएका छन् ।

कुमार लिङ्देन नेतृत्वको यस पार्टीमा यसअघि जिल्ला अध्यक्षमा दिलु लिङ्देन थिए भने जिवन खेवा लिम्बू वरिष्ठ उपाध्यक्ष थिए ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्