केपिलासगढी गाउँपालिका–६ दिप्सुङमा जसपा वडा समिति गठन

खोटाङस्थित केपिलासगढी गाउँपालिका वडा नं ६ दिप्सुङमा जनता समाजवादी पार्टीको वडा समिति गठन गरिएको छ ।

आइतबार आयोजित एक भेलाले सन्जिव राईको अध्यक्षतामा ५७ सदस्यीय समिति गठन गरिएको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा कुलबहादुर राई चयन भएका छन् भने नवराज राई, सम्झना तामाङ, पर्खबहादुर तामाङ, दिपक सुवेदी, डोलबहादुर विक, हस्त विक, जनक राई, मिलन राई, निलम राई, नन्दकुमार राई र ममता राई उपाध्यक्ष छन् ।

सचिवमा सोम राईलाई छानिएको छ भने कोषाध्यक्षमा इमानसिंह राई छानिएका छन् ।

समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सदस्य सञ्जिव कोयी राईको पहलमा तथा जनता समाजवादी पार्टी केपिलासगढी गाउँपालिकाका उपाध्यक्ष मनकुमार राई र विशाल दुमी राईको आतिथ्यतामा वडा समिति गठन गरिएको हो ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्