राष्ट्रियसभामा महालेखापरीक्षकको ५८औँ वार्षिक प्रतिवेदन प्रस्तुत

प्रमुख प्रतिपक्ष दलकाे विराेधका बीच राष्ट्रियसभाको साेमबारकाे बैठकमा महालेखापरीक्षकको ५८औँ वार्षिक प्रतिवेदन पेश गरिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सभासमक्ष उक्त प्रतिवेदन प्रस्तुत गरेका हुन् ।

बैठकले खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०७७, सार्वजनिक सेवा प्रसारण विधेयक २०७७, अभिलेख संरक्षण (पहिलो संशोधन) र सुरक्षण मुद्रणसम्बन्धी विधेयक २०७७ दफाबार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ ।

उक्त प्रस्ताव प्रधानमन्त्रीका तर्फबाट मन्त्री कार्कीले प्रस्तुत गरेका हुन् । राष्ट्रियसभाको अर्को बैठक यही असोज २४ गते दिनको २ बजे बस्नेछ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img
spot_img

याे पनि पढ्नुस्