खोटाङस्थित केपिलासगढी गाउँपालिकामा नेकपा माओवादी केन्द्रका नेता कुलबहादुर राई सहित ६२ जना कार्यकर्ता जनता समाजवादी पार्टी (जसपा)मा प्रवेश गरेका छन् ।

जसपा केपिलासगढी गाउँपालिका–६ दिप्सुङ वडा समितिले सोमबार दिप्सुङमा आयोजना गरेको कार्यक्रममा नेकपा एमालेको वडा कमिटी अध्यक्ष युवराज राईसमेत जसपामा प्रवेश गरेका हुन् ।

जसपा खोटाङ जिल्लाका प्रचार विभाग प्रमुख रविन खम्बूका अनुसार उक्त कार्यक्रममा माओवादी र एमालेका साथ कांग्रेसका कार्यकर्ताहरु पनि जसपामा प्रवेश गरेका छन् ।

उनीहरुलाई जसपाका वरिष्ठ नेता तथा पूर्वमन्त्री अशोक राईले खादा र टीका लगाएर स्वागत गरेका छन् ।

जसपाको संगठन सुदृढीकरण तथा जनजागरण अभियान (सुज अभियान) समेत रहेको उक्त कार्यक्रममा जसपाका केन्द्रीय सदस्य आङकाजी शेर्पा, रमेश राई, सुर्य राई संघीय परिषद सदस्य राकेश राई लगायतका नेताहरु सहभागी भएका थिए ।

सो अवसरमा वरिष्ठ नेता राईले एमालेमै बसेकाहरु कुहिरोको कागजस्तै अन्धकारको यात्रा गरिरहेको बताएका थिए ।

Please enter your comment!
Please enter your name here