संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकाे राष्ट्रिय महाधिवेशन मंसिर २६ र २७ गते धरानमा हुने

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकाे तेस्रो संघीय राष्ट्रिय महाधिवेशन आगामी मंसिर २६ र २७ गते सुनसरीकाे धरानमा हुने भएको छ ।

मञ्चले बिहीबार (असाेज २१) नेपाल पत्रकार महासंघ धरानकाे सभाहलमा पत्रकार सम्मेलन गरी संघीय राष्ट्रिय महाविधेशनबारे जानकारी दिएकाे हाे ।

महाधिवेशनका लागि अध्यक्ष कुमार लिङ्देनकाे संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएकाे छ ।

जसमा संघीय समिति, सबै प्रान्तीय मञ्चका अध्यक्ष एवम् समितिहरु, प्रवासका अध्यक्षहरु, जनवर्गीय संगठनका प्रमुखहरु सदस्य छन् ।

महाधिवेशनका लागि अध्यक्ष लिङ्देनकै नेतृत्वमा राजनैतिक घोषणापत्र र विधान मस्यौदा समिति, विशेन्द्र चेम्जोङकाे नेतृत्वमा महाविधेशन अनुगमन, समायोजन कार्यदल समिति, विष्णु यक्सोकाे नेतृत्वमा आर्थिक व्यवस्थापन समिति, सुरेन्द्र नोनामकाे नेतृत्वमा प्रचार प्रसार समिति, एबी पन्धाककाे नेतृत्वमा महाधिवेशन व्यवस्थापन समिति, चन्द्रकुमार लिङ्देनकाे नेतृत्वमा विदेश विभाग समिति, भुपेन्द्र सुन्दर लावतीकाे नेतृत्वमा स्वास्थ्य उप–समिति, थाङ्साङ लावतीकाे नेतृत्वमा स्वयम्सेवक उपसमिति लगायत विभिन्न उपसमितिहरु गठन गरिएकाे विज्ञप्तिबाट जनाइएकाे छ ।

संघीय राष्ट्रिय महाधिवेशनअघि मञ्च सम्बद्ध विभिन्न प्रान्तीय महाधिवेशन तथा सम्मेलनहरु गरिनेछ ।

खसानकाे मंसिर १० गते कैलालीकाे अतरियामा, थरुहटकाे मंसिर ११ गते कैलालीकाे धनगढीमा, मगरातकाे मंसिर १४ गते  बुटवलमा तमुवानकाे मंसिर १० गते पोखरामा नेवाकाे मंसिर १९ गते काठमाडौंमा, तामाङसालिङकाे मंसिर १८ गते काठमाडौंमा, शेर्पाकाे मंसिर १४ सोलुमा, किरात खम्बुवानकाे मंसिर १६ गते भोजपुरमा, मधेसकाे मंसिर ८ गते लाहानमा, दलित मुक्ति प्रान्तीय मञ्चकाे मंसिर २५ धरानमा र लिम्बुवानकाे मंसिर २४ र २५ गते धरानमा महाधिवेशन गरिनेछ ।

संघीय राष्ट्रिय महाधिवेशनमा ६०० देखि १००० जनासम्म प्रतिनिधि रहने जनाइएकाे छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्