खोटाङस्थित हलेसी तुवाचुङ नगरपालिका वडा नं ५ दुर्छिमका कांग्रेसका नेता दिपबहादुर राई जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।
पूर्व शिक्षक समेत रहेका उनी दुर्छिमका प्रभावशाली नेता हुन् ।
शुक्रबार जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले माला लगाएर उनलाई पार्टीमा स्वागत गरेको विद्यार्थी नेता अञ्जिलहाङ किरातीले बताए ।
जसपा प्रवेश गरेपछि उनले कांग्रेस सामन्ती, पुँजीवादी र पहाडे ब्राम्हणहरुको एकल जातीय पार्टी रहेकोले कांग्रेस परित्याग गरेको बताए ।
सोही नगरपालिकाको धितुङमा पनि कांग्रेस, एमाले र माओवादीका गरी ४७ जना जसपामा प्रवेश गरेका छन् ।
जसपाले सञ्चालन गरेको संगठन सुदृढीकरण तथा जनजागरण अभियान (सुज अभियान) को सिलसिलामा खोटाङ पुगेका बेला वरिष्ठ नेता राईले ज्येष्ठ नागरिकहरुलाई टोपी लगाएर सायरेम्मा (शिर उभ्याउनी) समेत गरेका छन् ।