प्रचण्डपथ छाड्दा माओवादी टुटफुट भएकाे : जनार्दन शर्मा

नेकपा माओवादी केन्द्रका नेता तथा अर्थमन्त्री जनार्दन शर्माले प्रचण्डपथ छाडेका कारण पार्टीमा टुटफुट भएकाे बताएका छन् ।

शनिबार सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क समन्वय समितिले गरेको कार्यक्रममा उनले प्रचण्डपथले विचार र संगठनलाई केन्द्रीकरण गरेको तर त्यसलाई छाड्दा टुटफुट आएको बताए ।

‘प्रचण्डपथले वैचारिक केन्द्रीकरण गरेको थियो, आन्दोलनको भावनालाई केन्द्रीकरण गरेको थियो । तर, त्यसलाई छाड्दा सवथोक विकेन्द्रीकरणतर्फ गयो,’ उनले भने, ‘अब प्रचण्डपथ र एक्काइसौं शताब्दीको जनवादबाट शिक्षा लिएर समाजवादी आन्दोलनको नेतृत्व गर्ने पार्टी बनाउनुपर्‍यो ।’

उनले पार्टीलाई जननियन्त्रित र जननिर्देशित रुपमा विकास गर्नुपर्नेमा जोड दिए ।

‘जनताको आदेशमा चल्ने पार्टी चाहियो । नेताले गरेका गल्तीमा जनताले औंला ठड्याउन पाउनुपर्‍यो । हामीले गरेका गल्ती उपर जनताले भण्डाफोर गर्ने मौका पाउनुपर्‍यो । यस्तो खालको पार्टी बनाउनुपर्‍यो, ’ उनले भने, ‘अबको पार्टी विधि र पद्धतिमा आधारित भएर चल्छ । सफ्टवेयरको जमाना छ । प्रविधिको प्रयोग गरेर नेता कार्यकर्ताको मूल्याङ्कन गरिन्छ ।’

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्