कात्तिक ६ गते देशैभर एमालेकाे वडा अधिवेशन हुने

नेकपा एमालेले कात्तिक ६ गते देशैभरका सबै स्थानीय तहका वडाहरुको अधिवेशन गर्ने भएकाे छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट अधिवेशनकाे उद्घाटन गर्ने भएका छन् ।

कात्तिक ६ गते बिहान ११ बजे अध्यक्ष ओलीले देशभरका ६ हजार ७४३ वडाहरुमध्ये सबै स्थानमा इन्टरनेटको पहुँच नभएका कारण झण्डै पाँच हजार भन्दा बढी वडाहरुको एकसाथ भर्चुअलमाध्यमबाट अधिवेशन उद्घाटन गर्न लागेका हुन् ।

ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा गत असोज १५ देखि १७ गतेसम्म सम्पन्न भएको विधान महाधिवेशनले यो मिति तय गरेको कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।

एमालेको दशौं राष्ट्रिय महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म बुटवलमा गर्ने कार्यतालिका रहेको छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्