बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले कात्तिक १० गते विश्वासको मत लिने

बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले यही कात्तिक १० गते विश्वासको मत लिने भएकी छन् ।

प्रदेशसभाको बिहीबार बसेको बैठकले मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने कार्यका लागि कात्तिक १० गते बुधबार अपराह्न बस्ने बैठकमा मतदान गर्ने निर्णय गरेकाे हाे ।

बिहीबार दिउँसो ३ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक ढिलो सुरु भएका कारण बिहीबार नै मतदान गर्ने कार्यलाई सम्भव नभएका कारण कात्तिक १० गते पुर्याइएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्