प्रधानमन्त्री शेरबहादुर देउवाले अर्ली इलेक्सनबारे सत्तारुढ दलहरुसँग छलफल गर्ने बताएका छन् ।

बैशाखमा अर्ली इलेक्सनको बहस चलिरहेका बेला कैलालीको धनगढी पुगेका देउवाले अर्ली इलेक्सनबारे आफू एक्लैले भनेर नहुने भन्दै यसबारे सत्ता गठबन्धनसँग छलफल गर्ने बताएका हुन् ।

नेपाली कांग्रेसका सभापति समेत रहेका उनले भने, ‘गठबन्धनको सरकार छ, मैले एक्लैले भनेर हुँदैन, गठबन्धनले जे भन्छ, त्यही हुन्छ ।’

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बैशाखमा अर्ली इलेक्सन गर्नुपर्नेमा जाेड दिँदै आएकाे छ । बैशाखमा संघको निर्वाचन गरेर मंसिरमा स्थानीय तह र प्रदेशको निर्वाचन गराउनुपर्ने पाैडेल पक्षकाे मत छ ।

नेकपा एमाले विभाजित भएकाे, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी कमजाेर अवस्थामा रहेकाे बेला अर्ली इलेक्सन गराएर पहिलाे पार्टी बनाइहाल्नुपर्ने कांग्रेसकाे दाउ छ ।

Please enter your comment!
Please enter your name here