अर्ली इलेक्सनको सम्भावना छैन : प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्ली इलेक्सनको सम्भावना नरहेको बताएका छन् ।

आज बिहान धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘एमालेले दुई पटक संसद विघटन गर्‍यो । अहिले संसद चल्न दिएको छैन । अर्ली इलेक्सनबारे भ्रम फैलाइएको छ । त्यो सत्य होइन ।’

उनले वैशाख ३० गते स्थानीय तहकाे निर्वाचन घाेषणा भइसकेकाेले साेही अनुसार प्रकृया अघि बढ्ने बताए ।

साे क्रममा उनले कांग्रेसलाई सुदूरपश्चिम सरकारमा भित्र्याउने सहमति भएकाे पनि बताए ।

उनले भने, ‘चुनाव आएकाे छ, कांग्रेसले पनि सरकारमा जान चाहेकाे छ । एकीकृत समाजवादीका केही मन्त्रीलाई फिर्ता बोलाएर कांग्रेस भित्र्याउने सहमति भएकाे छ ।’ 

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्