‘मेरो प्रगति र इमान्दारिताबाट आत्तिएकाहरुले मलाई आक्रमण गरे’ : जसपा नेता मगर

जनता समाजवादी पार्टीका नेता हरि घर्ती मगरले गत कात्तिक १ गते एक अपराधिक समूहले आफूलाई ज्यान लिने गरी आक्रमण गरेको भए पनि आफू बाँच्न सफल भएको जनाएका छन् ।

जसपा विपत व्यवस्थापन समिति लुम्बिनी प्रदेश संयोजक समेत रहेका मगरमाथि गत कात्तिक १ गते गुल्मीको धुर्कोट गाउँपालिका वडा नं ४ रातापोखरामा आफन्त, साथीभाइ र छिमेकीहरुसँग बसिरहेका बेला तीनजना व्यक्तिहरुले टाउकोमा धारिलो हतियार प्रहार गरेका थिए ।

जसबाट उनी गम्भीर घाइते भएका थिए ।

मगरले शनिबार एक विज्ञप्ति जारी गरी हाल आफू खतरामुक्त रहेको जनाएका छन् । उनले आफ्नाे उपचारमा संलग्न चिकित्सकका साथै आफन्त, पार्टीका नेता तथा शुभचिन्तहरुको शुभेच्छाले आफू बाँच्न सफल भएको बताएका छन् ।

उनले आफ्नाे सुख, समृद्धि, राजनीतिक एवम् सामाजिक चेतनाको स्तर, इमान्दारिता र जुझारुपनबाट अत्तालिएको तत्वहरुले नै आफूमाथि आक्रमण गरेको दाबी गरेका छन् ।

तर, ती कायरहरुले आफ्नाे कुनै किसिमको गतिविधिमा अवरोध गर्न नसक्ने उनले उल्लेख गरेका छन् ।

नेता मगरमाथि आक्रमण गर्नेहरुलाई जिल्ला प्रहरी कार्यालय गुल्मीले पक्राउ गरी कारबाही अघि बढाएको छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img
spot_img

याे पनि पढ्नुस्