उषाकला राईले एमाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

नेकपा एमाले नेतृ तथा प्रदेश १ की पूर्व सामाजिक विकासमन्त्री उषाकला राईले पार्टीको १०औं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवारी दिने घोषणा गरेकी छन् ।

मंगलबार प्रेस चौतारी नेपाल खोटाङले दिक्तेलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेकी हुन् ।

उनले खुला कि आरक्षण काेटाबाट प्रतिनिधि बन्ने ? भन्ने टुंगाे लाग्न बाँकी रहेकाे बताइन् ।

‘एमालेको केन्द्रीय समितिमा बसेर पार्टीको काम गर्ने मेरो इच्छा छ’, उनले भनिन्, ‘खुला वा आरक्षण जुनसुकै कोटामा मेरो केन्द्रीय सदस्यमा उम्मेदवारी हुनेछ । यसका लागि सबैको साथ र सहयोगको अपेक्षा गरेको छु ।’

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्