सभापतिमा उठ्ने शशांकको घोषणा

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले २४ देखि २६ मंसिरमा काठमाडौंमा हुने १४औं महाधिवेशनमा सभापति पदमा उठ्ने घोषणा गरेका छन् ।

महामन्त्री कोइरालाको यो घोषणाले कांग्रेसको संस्थापन इतर समूहलाई झस्काएको छ । ’cause कांग्रेसको संस्थापन इतर पक्षमा सभापतिको साझा उम्मेदवारको खोजी हुँदै थियो । उनी पनि सोही समूहमा छन् । शशांकको यो घोषणासँगै साझा उम्मेदवार बन्ने सम्भावनासमेत टरेको छ ।

संस्थापन इतर समूहबाट मात्रै कांग्रेस सभापतिका लागि झन्डै आधा दर्जन आकांक्षी छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेलदेखि महामन्त्री कोइराला, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेता डा. शेखर कोइराला, नेत्री सुजाता कोइराला र युवा नेता कल्याण गुरुङ सभापतिका दाबेदार छन् ।

यी नेताहरूको दाबेदारी सभापति पदमा हुँदै गर्दा बुधबार संखुवासभा पुगेर महामन्त्री कोइरालाले आफू पनि उठ्ने बताएका हुन् ।

‘म महामन्त्री छु, अब सभापतिमा उठ्छु, म स्वाभाविक उम्मेदवार हो, म बलियो उम्मेदवार पनि हो,’ महामन्त्री कोइरालाले सञ्चारकर्मीहरूसँग भने । राजधानी डेली

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्