जनता समाजवादी पार्टी (जसपा) ले संघीय सांसद प्रदीप यादवलाई कारबाही गरेकाे छ ।
मंसिर ५, ७ र ८ गते बसेकाे जसपाकाे बैठकले सांसद यादवलाई केन्द्रीय समितिबाट निष्कासन गरेकाे हाे । र, उनीमाथि छानबिन गर्नका लागि कार्यकारिणी सदस्य नवराज सुवेदीको संयोजकत्वमा कार्यदल गठन गरेकाे छ ।
सांसद यादवले आफूलाई मन्त्री नबनाएकाे भन्दै पार्टी अध्यक्ष उपेन्द्र यादवविरुद्ध नाराबाजी गर्नुका साथै पुत्ला जलाएका थिए ।
उनीमाथि पार्टीकाे झण्डा जलाएकाे आरोप समेत लागेकाे छ । तर सांसद यादवले आरोप अस्वीकार गरेका छन् ।
बैठकले पद, नाम, कार्यकारिणी समितिमा मनोनयन र कार्यविभाजनका लागि वरिष्ठ नेता अशोक राईको संयोजकत्वमा राजेन्द्र श्रेष्ठ, महेन्द्रराय यादव, रेणु यादव र नवराज सुवेदी सदस्य रहेकाे ५ सदस्यीय कार्यदल गठन गरेकाे छ ।
सुज अभियानकाे समिक्षा समेत गरिएकाे उक्त बैठकले केन्द्रीय समितिमा ९ जना सदस्य मनाेनयन गरेकाे जसपा केन्द्रीय सदस्य पूर्ण बस्नेतले जनाए ।