कांग्रेस खोटाङकाे सभापतिमा पाैडेल समूहका विष्णुकुमार राई निर्वाचित

नेपाली कांग्रेस खोटाङ जिल्लाकाे सभापतिमा विष्णुकुमार राई निर्वाचित भएका छन् ।

कांग्रेसकाे सातौं जिल्ला अधिवेशनमा ६६९ मत ल्याएर विष्णुकुमार राई सभापतिमा निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी सर्वधन राईले ६१० मत ल्याएका छन् ।

विष्णुकुमारले सर्वधनभन्दा ५९ मत बढी ल्याएका हुन् ।

विष्णुकुमार राई खाेटाङका पूर्वसभापति एवम् महासमिति सदस्य हुन् भने सर्वधन राई पूर्वपर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री हुन् ।

विष्णुकुमार कांग्रेसभित्र रामचन्द्र पाैडेल समूहका हुन् । सर्वधन शेरबहादुर देउवा समूहका हुन् ।

खाेटाङमा पाैडेल समूहबाट विष्णुकुमारसहित प्यानल नै विजय भएकाे हाे ।

उपसभापतिमा इवन राईले ७५३ मत र तीर्थराज भट्टराईले ७४२ मत ल्याएर विजयी भएका छन् । सचिवमा समिर राईले ७१३ मत र ज्ञानेन्द्र जोशीले ६२० मत ल्याएर विजयी भएका छन् ।

यस्तै, सहसचिवमा सार्जन राईले ६२४ मत र सालिकराम बञ्जराले ५९३ मत ल्याएर विजयी भएका छन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्