माओवादी केन्द्र खोटेहाङ गाउँपालिका अध्यक्षमा दीपेन राई निर्वाचित

नेकपा माओवादी केन्द्र खोटेहाङ गाउँपालिका (खोटाङ) को अध्यक्षमा दीपेन राई निर्वाचित भएका छन् ।

शनिबार भएको खोटेहाङ गाउँपालिकाको प्रथम सम्मेलनबाट राईको अध्यक्षतामा ५३ सदस्यीय नयाँ कमिटि गठन गरिएको हो ।

कमिटिको उपाध्यक्षमा तीनजना छन् । जसमा धनबहादुर महाराजी, इन्द्रहाङ राई र सुशीला राई छन् ।

सचिवमा बसन्त राई, सह-सचिवमा किरण राई र कोषाध्यक्षमा सुरेन्द्र अधिकारी निर्वाचित भएका छन् । कमिटिका सबै पदाधिकारी तथा सदस्यहरु सर्वसम्मत रुपमा निर्वाचित भएका हुन् ।

माओवादी केन्द्र खोटेहाङ गाउँपालिकाको अधिवेशन वडा नं ६ स्थित इन्द्रेणीपोखरीमा सम्पन्न भएको हो ।

अध्यक्षमा निर्वाचित भएपछि दीपेन राईले पार्टीका प्रतिनिधि तथा पर्यवेक्षकहरुलाई धन्यवाद व्यक्त गरेका छन् ।
शनिबार माओवादी केन्द्रका देशैभर पालिका सम्मेलन भएको हो ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्