Saturday, April 1, 2023

एमाले पार्टी हाेइन, व्यक्ति हाे : मन्त्री आले

पर्यटन तथा नागरिक उडययनमन्त्री प्रेम आलेले नेकपा एमाले पार्टी नभई व्यक्ति भएको बताएका छन् ।

शनिबार काठमाडाैंमा नेकपा एकीकृत समाजवादी सोलुखुम्बुले आयोजना गरेकाे कार्यक्रममा उनले नेकपा एमालेले ललितपुरको गोदावरीमा विधान महाधिवेशन भन्दै नाटक मञ्चन गरे पनि चितवनको नारायणी नदी किनारमा लगेर आम कार्यकर्ताको भावना र विचार सेलाएको बताए ।

फरक प्रसंगमा मन्त्री आलेले पर्यटन मन्त्रालयमा फाेहाेरकाे डंगुर जस्तै काम नलाग्ने पाइलट र कर्मचारी भएकाे बताए ।

‘मेरो मन्त्रालमा फोहोरको यत्ति डंगुर छ । त्यो तपाईहरुलाई पनि थाहा छ,’ उनले भने, ‘अस्ति काठमाडौं रुकुमको फ्लाइट थियो, जहाज त उड्यो । तर पाइलटले भन्यो मेरो डिउटी आवर सक्कियो भनेर नेपालगञ्ज विमानस्थलमा जहाज ल्याण्डिङ गरेर यात्रुलाई सास्ती दियो । मैले तुरुन्त पाइलटलाई कारबाही गर भनेँ । तर के गर्नु हाम्रो वायुसेवामा पर्याप्त पाइलटहरु छैन ।’

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा सोलुखुम्बु ईञ्चार्ज आङङिमा लामा, प्रदेश कमिटि जुद्धबहादुर कार्की, दोर्जी शुशिल शेर्पा, आङदोर्जी शेर्पा, जिल्ला अध्यक्ष दोर्जीजाङ्बु लामा, सचिव डिल्ली राई लगायतकाे उपस्थिति थियाे ।

साे अवसरमा विभिन्न पार्टी परित्याग गरी १२२ जना नेता तथा कार्यकर्ताहरु एकीकृत समाजवादीमा पार्टी प्रवेश गरेका छन् ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्