ओलीका लागि मरिमेट्ने विशाल भट्टराई नै परेनन् केन्द्रीय सदस्यमा

खाेटाङका नेता विशाल भट्टराई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीका लागि मरिमेट्ने नेता हुन् ।

हाल जारी रहेकाे एमालेकाे दशौं महाधिवेशनमा पनि ओलीलाई सर्वसम्मत अध्यक्ष बनाउन उनले लबिङ गरिरहेका थिए ।

तर, ओलीले भने प्रतिनिधिसभामा एमाले प्रमुख सचेतकसमेत रहेका भट्टराईकाे वास्ता गरेनन् ।

एमालेकाे अबकाे नेतृत्वका लागि सर्वसम्मत नाम पेश गर्ने अधिकार पाएका नेता ओलीले भट्टराईलाई वास्तै गरेनन् ।

ओलीले आइतबार मध्यराति बन्दसत्र हलमा ३०१ जना केन्द्रीय सदस्यको नाम प्रस्ताव गरेका थिए । तर, त्यसमा भट्टराईकाे नाम परेन ।

न त उनी पदाधिकारीमै परे ।

ओलीले आफूलाई केन्द्रीय सदस्यमा समेत नराखेपछि भट्टराईले अपमान महसुस गरेका छन् । ओलीले उनलाई प्रदेश अध्यक्षको आश्वासन दिएकाे स्राेतले जनाएकाे छ ।

ओलीले प्रस्ताव गरेका पदाधिकारीहरु :

अध्यक्ष : केपी शर्मा ओली
वरिष्ठ उपाध्यक्ष : ईश्वर पोखरेल
उपाध्यक्षहरु : युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा, सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल
महासचिव : शंकर पोखरेल
उपमहासचिव : प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरूङ, विष्णु रिमाल
सचिवहरु : योगेश भट्टराई, गोकर्ण विष्ट, टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, पद्मा अर्याल ।

 

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्