Saturday, April 1, 2023

म पनि राप्रपा जस्तै राष्ट्रवादी हुँ : अध्यक्ष दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आफू पनि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जस्तै राष्ट्रवादी भएकाे बताएका छन् ।

बुधवारदेखि काठमाडाैंमा सुरु भएको राप्रपाकाे एकता महाधिवेशनमा दाहालले आफ्नो राष्ट्रवाद र राप्रपाको राष्ट्रवाद उस्तै भएको बताए ।

तर राप्रपा र आफ्नो पार्टीको मत भने नमिल्ने उनले बताए ।

‘हाम्रो मत त मिल्दैन । म गणतन्त्रवादी, धर्म निरपेक्षतावादी । तर म पनि तपाईँहरूजस्तै राष्ट्रवादी । राष्ट्रवादको व्याख्या गर्दा दुइटा आधारभूत कुरा छन् । एउटा राष्ट्रवाद भन्ने बित्तिकै अघि बढी हिजोको इतिहासमा भएका सकारात्मक र गौरवपूर्ण कुराहरूलाई आधार बनाएर अहिले पनि इतिहासतिर फर्कने राष्ट्रवाद । अर्काे, नेपालको सम्पूर्ण नागरिकलाई राष्ट्रवादको आधार मान्दै नागरिकतिरै फर्कन खोज्ने राष्ट्रवाद । मैले यो देशका सबै मजदुर, किसान, सबै उत्पीडित मधेशी, आदिवासी, जनजाति, दलित, महिला, थारु लगायत सबैको पहिचान र अधिकारको  लडाइँ लडेकै हो,’ उनले भने, ‘म राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता, कार्यकर्ताहरूलाई यस अर्थमा पनि धन्यवाद दिन चाहन्छु– तपाईँहरू आफ्नो राजनीतिक विचार र मतमा भिन्न हुँदा हुँदै पनि देशमा राजनीतिक अस्थिरता र अराजकता पैदा नहोस् भन्नका निम्ति, देशले गति लिइराखोस् भन्नेका निम्ति संविधान सभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनाउन तपाईँहरूले गरेको योगदानलाई मैले भिन्न परिस्थितिमा गरेको देशभक्ति ठान्दछु ।’

 

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्