Tuesday, March 28, 2023

खोटाङको लफ्याङमा जसपाकाे सुज अभियान, ३५ सदस्यीय युवा संघ गठन

जनता समाजवादी पार्टी (जसपा) को खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं ५ लफ्याङमा शनिबार संगठन सुदृढीकरण तथा जनजागरण अभियान (सुज अभियान) सम्पन्न भएको छ ।

जसपा केन्द्रीय सदस्य तथा किरात राष्ट्रिय समितिका अध्यक्ष रमेश राईको प्रमुख आतिथ्यतामा सुज अभियान गरिएको हो ।

कार्यक्रममा जसपा प्रदेश नं १ समितिका सदस्य मोहन गुरुङ, नविन राई, दिक्तेल रुपाकोट मझुवागढी नगर समितिका अध्यक्ष निर्मल राई, समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सदस्य तथा जसपा खोटाङ जिल्लाका प्रचार तथा प्रकाशन विभाग प्रमुख रविन खम्बू, जिल्ला सदस्य धनिराम नछुङ, खोटाङको जसपा विद्यार्थी नेता कृष्ण गिरी, नगर समिति सदस्य सौराज राई लगायतको उपस्थिति थियो ।

सो कार्यक्रममा लछुमान राईको अध्यक्षतामा ३५ सदस्यीय समाजवादी युवा संघ समेत गठन गरिएको थियो ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्