प्रेस सेन्टर नेपालकाे अध्यक्षमा विष्णु सापकाेटा निर्वाचित

नेकपा माओवादी केन्द्र निकट पत्रकारहरुकाे संगठन प्रेस सेन्टर नेपालको केन्द्रीय अध्यक्षमा विष्णु सापकोटा ‘जुगल’ निर्वाचित भएका छन् ।

चितवनमा भएकाे प्रेस सेन्टर नेपालकाे राष्ट्रिय सम्मेलनले सापकाेटाकाे अध्यक्षतामा १९९ सदस्यीय समिति घाेषणा गरेकाे छ ।

जसमा पछि १५ सदस्य थप गर्ने निर्णय पनि भएकाे छ । पदाधिकारी भने टुंगाे लाग्न बाँकी छ ।

सम्मेलनले १८ बुँदे घाेषणापत्र समेत जारी गरेकाे छ । घाेषणा पत्रमा राजनीतिक दललाई गतिरोध अन्त्य गर्न ध्यानाकर्षण, मिडियासम्बन्धी पूराना कानुन खारेज गरी नयाँ कानुन बनाउन, साना लगानीको संरक्षण, श्रम ऐन कार्यान्वयन नगर्ने मिडियालाई सबै सेवासुविधा बन्द गर्न, सञ्चारकर्मीले सवारीसाधन किन्दा भन्सार छुट, स्वास्थ्य बीमा लागू गर्नेलगायत उल्लेख छ ।

शनिबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्मेलनको उद्घाटन गरेका थिए ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्