जसपामय बन्दै तुम्बेवा गाउँपालिका, सबै टाेलमा समिति

प्रदेश नं १ काे पान्थरस्थित तुम्बेवा गाउँपालिकामा जनता समाजवादी पार्टी (जसपा) ले पाँचवटै वडा तथा टोलमा समिति गठन गरेकाे छ ।

जसपाकाे संगठन सुदृढीकरण तथा जनजागरण अभियान (सुज अभियान) अनुरुप तुम्बेवा गाउँपालिकाकाे प्रत्येक वडा र टोलमा समिति गठन गरिएकाे सुज अभियान तुम्बेवाका संयोजक तथा जसपा केन्द्रीय सदस्य डम्बर लाओती (जेन्टल)ले बताए ।

लिम्बुवान राष्ट्रिय समितिका उपाध्यक्षसमेत रहेका लाओतीका अनुसार तुम्बेवा गाउँपालिका वडा नं १ आङ्नामा माङ्सा सम्बाहाम्फेकाे अध्यक्षतामा समिति गठन गरिएकाे छ ।

जसकाे उपाध्यक्षमा गणेश कार्की, सचिवमा  सन्ताेस माङ्लाक, सहसचिबमा सन्तोस सम्बाहाम्फे र कोषाध्यक्षमा बिक्रम सम्बाहाम्फे छन् ।

सदस्यहरुमा अनिस नेपाली, मनप्रसाद सम्बाहाम्फे, रोशन कार्की, विसम सम्बाहाम्फे, आशिष नेपाली, गीता कार्की, जेनिशा माङ्लाक, त्रिभुवन सम्बाहाम्फे गरी कूल १३ सदस्यीय समिति छ ।

तुम्बेवा गाउँपालिका वडा नं २ मौवा चुवाडेमा कर्णबहादुर राईकाे नेतृत्वमा १९ सदस्यीय समिति गठन गरिएकाे छ ।

उपाध्यक्षमा महेन्द्र राई, सचिवमा अर्जुन लाओती र कोषाध्यक्षमा संगीता राई छन् भने सदस्यहरुमा अम्बर राई, सुमन लाओती, हरी लाओती, चन्द्र लाओती, दिनेश राई, रामजी राई, केहेरमान सार्की, पुर्ण लाओती, बालध्वज लाओती, मुना राई, बिनिता राई, शिशिर लिम्बु, मनोज राई, अशुन लाओती र चक्र राई छन् ।

तुम्बेवा गाउँपालिका वडा नं ३ मौवामा नरेश लाओतीकाे अध्यक्षतामा समिति बनाइएकाे छ । जसकाे उपाध्यक्षमा पुर्ण लाओती, सचिवमा बिनम सम्बाहाम्फे, सहसचिवमा नरेन्द्र माङ्लाक र कोषाध्यक्षमा शारदा माङ्लाक सम्बाहाम्फे चयन भएका छन् ।

सदस्यहरुमा बुद्धिमान लोकन्द्री, बुद्धमाया लाओती, पुर्णकुमार लाओती, बिक्रम लाओती, धनमाया सम्बाहाम्फे, गजेन्द्र लाओती, राजकुमारी लाओती, गणेश बिशुङ्खे नेपाली, पृथ्वी लाओती, राकेश लाओती, कुमारी सम्बाहाम्फे लाओती, पबित्रा लाओती, पुर्ण सम्बाहाम्फे, खेसेहाङ सम्बाहाम्फे गरी जम्मा १९ सदस्यीय समिति छ ।

तुम्बेवा गाउँपालिका वडा नं ४ ओलनेमा रतन राईकाे अध्यक्षतामा १३ सदस्यीय जसपा गठन गरिएकाे छ । जसकाे उपाध्यक्षमा रोमन शेर्मा, सचिवमा सन्दिप देवान, सहसचिवमा नवीन राई र कोषाध्यक्षमा सुस्मिता राई चयन भएका छन् ।

सदस्यहरुमा वीरबहादुर देवान, रमा राई, रबिना राई, जेनुता राई, डिल्ली देवान, नबिन देवान, त्रिबेन्द्र देवान, जीतेन्द्र लिम्बू छन् ।

तुम्बेवा गाउँपालिका वडा नं ५ हाङ्गुममा लोकबहादुर देवानकाे नेतृत्वमा समिति गठन गरिएकाे छ । उपाध्यक्षमा अम्मर कुरुम्बाङ, सचिवमा टेकेन्द्र लिम्बू, सहसचिवमा रमेश देवान र कोषाध्यक्षमा चन्द्र लिम्बू चयन भएका छन् ।

सदस्यहरुमा योङबहादुर लिम्बू, गौरब लिम्बू, रकेट इम्सङ, बादल लिम्बू, रोशन श्रेष्ठ, नोमबहादुर तुम्बाहाम्फे, एनके लिम्बू, मुकेस श्रेष्ठ, वीरेन्द्र कुरुम्बाङ, गोबिन्द श्रेष्ठ, यामकुमार श्रेष्ठ, अम्बर लिम्बू गरी कूल १७ सदस्यीय समिति गठन भएकाे हाे ।

जसपाकाे जनसंगठन संघीय युवा मञ्च तुम्बेवा- ५ हाङ्गुममा हिमाल कुरुम्बाङको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरिएकाे छ ।

त्यसैगरि जसपाकाे टोल समितिहरु पनि गठन भएको सुज अभियानका सदस्यसचिव रोशन लाओतीले बताए ।

उनका अनुसार तुम्बेवा-२ साबिक मौवा ९ मिक्तोक टोल समितिमा किशोर लाओतीको संयोजकत्वमा ७ सदस्यीय, तुम्बेवा- ३ साबिक आङ्ना ७ सुब्बा टोल समितिमा कबिन सम्बाहाम्फेको संयोजकत्वमा ९ सदस्यीय, तुम्बेवा-३ साबिक मौवा १ खबेकमा सरोज लाओतीको संयोजकत्वमा ९ सदस्यीय टोल समिति गठन गरिएकाे हाे ।

सबै कार्यक्रम जसपाका केन्द्रीय सदस्य तथा लिम्बुवान राष्ट्रिय समितिका उपाध्यक्ष डम्बर लाओती (जेन्टल) प्रमुख अतिथि थिए ।

कार्यक्रममा लिम्बुवान राष्ट्रिय समितिका सदस्य आइत सम्बाहाम्फे, जसपा पान्थर जिल्ला सदस्य मिलन देवान, जसपा तुम्बेवाका उपाध्यक्ष, दिलप्रसाद लाओती, सचिव यादव कुरुम्बाङ, सदस्य सेसेहाङ लाओती, नरेश लाओती, नरेन्द्र लिम्बू लगायतको उपस्थिति थियाे ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्