Saturday, April 1, 2023

प्रचण्डलाई कांग्रेसले औलाे समाउन नदेला कि भन्ने चिन्ता रैछ : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई कांग्रेसले औला समाउन नदेला कि भन्ने चिन्ता रहेको बताएका छन् ।

शुक्रबार कांग्रेसको १४औं महाधिवेशन उद्घाटन समारोहमा अध्यक्ष ओलीले माओवादी केन्द्र र एकीकृत समाजवादीका नेता पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालतिर इंगित गर्दै सो कुरा बताएका हुन् ।

कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एक्लै हिड्ने अहंकार नगर्न कांग्रेसलाई सचेत गराएका थिए ।

प्रचण्डपछि बोलेका ओलीले प्रचण्ड र माधव नेपालतिर इंगित गर्दै उनीहरुलाई कांग्रेसले औला समाउन नदेला कि भन्ने चिन्ता रहेको बताएका हुन् ।

ओली सरकारमा जाने सवालमा मात्र नभएर विकास निर्माण र देशको राष्ट्रियताको सवालमा आपूmहरु र कांग्रेस सँगसँगै रहेको पनि बताए ।

उनले कांग्रेस अरुको नीतिमा हिड्न नहुने पनि बताए ।

उनले भने, ‘कांग्रेसले सबैलाई साथ लिएर अघि बढोस् तर कांग्रेस अरुको नीतिमा होइन आफ्नाे नीतिमा चलोस् ।’

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्