Thursday, March 23, 2023

जनताले ओलीको शासनबाट मुक्ति पाए, कांग्रेस जाेगाउन मलाई जिताउनुस् : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनताले ओलीको शासनबाट मुक्ति पाएको भन्दै अबको अवस्थालाई बचाएर लैजान पार्टीको जिम्मा आफूले लिएको बताएका छन् ।

शुक्रबार कांग्रेसकाे १४औं महाधिवेशन उद्घाटन सत्रमा बोल्दै उनले ओलीबाट बचाएर देशलाई अघि ल्याएको भन्दै अब आफू पार्टीलाई बचाउन तयार रहेको बताए ।

उनले निकट भविश्यमा हुन लागेका तीनवटै तहको निर्वाचनमा बिजयी बन्न पनि कांग्रेस मिलेर जानुपर्ने बताए ।

उनले कांग्रेस सरकार रहिरहे स्थानीय र संघीय सरकारको नेतृत्व पनि कांग्रेसको हुने भन्दै आफुलाई जिताउन आग्रह गरे ।

उनले भने, ‘कांग्रेस सरकार रहिरहे आगामी सत्ता पनि कांग्रेसकै हुन्छ त्यसकारण मलाई जिताइदिनुस् साथीहरु ।’ राजधानी दैनिक

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्