लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले विगतमा तराई-मधेश र थारुहट आन्दोलनमा सरकारले मुद्दा चलाएकाहरुको मुद्दा फिर्ता नलिए आन्दोलनको ज्वालामुखी विस्फोट हुने चेतावनी दिएका छन् ।

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा शुक्रबार शुभकामना मन्तव्य दिँदै ठाकुरले रेशम चौधरी र केही कार्यकर्ताहरु अझै जेलमा रहेको बताउँदै उनीहरुलाई सरकारले छुटाउनुपर्ने माग गरे ।

मुद्दा चलेका व्यक्तिको मुद्दा फिर्ता गर्न उनले आग्रह गरे । ‘ती मुद्दा फिर्ता र माग सम्बोधन नभए ज्वालामुखी विस्फोट हुन्छ। हामी २० लाख जनतालाई सडकमा उतार्ने छौँ,’ ठाकुरले भने । देशसञ्चार

Please enter your comment!
Please enter your name here