नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले धर्मनिरपेक्षता शब्द ठीक नभएको बताएका छन् ।

शुक्रबार काठमाडाैंमा कांग्रेस महाधिवेशन उद्घाटन समाराेहमा उनले भने, ‘धर्मनिरपेक्षता शब्द ठीक होइन । धर्मनिरपेक्ष हुँदैन, न सापेक्ष हुन्छ । धर्म त स्वतन्त्र हुन्छ ।’

साे क्रममा उनले अब युवाहरु नेतृत्वमा आउनुपर्ने बताए ।

‘संविधानमा केही त्रुटिहरु होलान् । संविधान लकिरको फकिर हुँदैन । परिवर्तनीय हुन्छ,’ उनले भने ।

हाइड्रो, कृषि र पर्यटन हाम्रो शक्ति भएको भन्दै सरकारको ध्यान त्यसतर्फ जानुपर्ने उनको भनाइ थियो ।

Please enter your comment!
Please enter your name here