समाजवादी विद्यार्थी युनियन प्रदेश १ को अध्यक्षमा रविन खम्बू

प्रदेश १ मा रविन खम्बूको नेतृत्वमा समाजवादी विद्यार्थी युनियन घोषणा गरिएको छ ।

समाजवादी विद्यार्थी फोरम र नयाँ शक्ति विद्यार्थी युनियन समायोजन गरी रविन खम्बूको अध्यक्षतामा ५९ सदस्य रहेको समाजवादी विद्यार्थी युनियन प्रदेश १ समिति घोषणा गरिएको हो ।

समाजवादी विद्यार्थी युनियन जनता समाजवादी पार्टी (जसपा) को विद्यार्थी संगठन हो ।

आइतबार प्रदेश १ को इटहरीस्थित जसपा कार्यालयमा भएको समायोजन कार्यक्रमबाट खम्बूको अध्यक्षतामा समिति घोषणा गरिएको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा अरविन्द्र मण्डल चयन भएका छन् ।

उपाध्यक्षहरुमा वरदान भरत राई, पनन राई, प्रज्ञा इजम लिम्बू, चन्द्र किराती, मिलन कोयी राई, टिएन सुब्बा र मिथिलेश यादव छन् ।

मुख्य सचिवमा कृष्ण गिरी चयन भएका छन् ।

गिरी नयाँ शक्ति विद्यार्थी युनियनबाट हुन् भने खम्बू समाजवादी विद्यार्थी फोरमबाट हुन् ।

सचिवहरुमा मनोज यादव, परमेश्वर यादव, योगेन्द्र राई र सुबास राई छन् भने कोषाध्यक्षमा फुलन मण्डल चयन भएका छन् ।

जसपाको प्रदेश १ समिति सदस्य शिल्पा राई, समाजवादी विद्यार्थी युनियनका केन्द्रीय उपमहासचिव प्रकाश चाम्लिङ, केन्द्रीय सचिव मनिष यादवलगायत समाजवादी विद्यार्थी युनियनका ३२ जना सदस्यहरुको उपस्थितिमा समायोजन कार्यक्रम सम्पन्न गरिएको हो ।

प्रदेश १ को समाजवादी विद्यार्थी युनियनको अध्यक्ष भएपछि जुझारु छबि भएका नेता खम्बूले प्रदेश १ मा समाजवादी विद्यार्थी युनियनलाई विस्तार गर्नु नै आफ्नाे प्राथमिकता भएको बताए ।

उनले कतिपय जिल्लामा संगठन नै नबनेको भन्दै संगठन नबनेका जिल्लामा संगठन बनाउने, क्याम्पसहरुमा संगठन बनाउने, निष्कृय रहेका संगठनहरुलाई सक्रिय बनाउने र प्रदेश १ मा समाजवादी विद्यार्थी युनियनलाई एउटा शक्तिशाली विद्यार्थी संगठन बनाउने बताए ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्